• मंसिर ८, सिन्धुली/आज २३ औँ पुर्व जनमुक्क्ति सेना नेपाल स्थापना दिवस । सिन्धुलीका पुर्व जनमुक्क्ति सेनाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय तथा सिन्धुलीका पुर्व जनमुक्क्ति सेनाहरुको उपस्थिति बाक्लो थियो । वक्ताहरुले पालैपालो आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपि आछामी ‘पुष्प’ लाई मन्तव्यको लागि अनुरोध गरे ।
    आछामी उठेर सम्बोधनबाट मन्तव्य सुरु गर्न थाल्नु भयो । त्यसपछि लगभग ३ मिनेट सम्म सबैतिर आखाँ डुलाउनु भयो । माओवादी केन्द्रको पार्टि कार्यलयमा कार्यक्रम भएको थियो । जहाँ जनयुद्धको समयमा साहादत प्राप्त गरेका १ सय ६७ जना सहिदहरुको फोटो वरिपरि राखिएको छ । केहि समयसम्म आछामीले केहि नबोलेपछि कार्यक्रममा उपस्थित मानिसहरु एक अर्काेको मुख मुख हेर्ने थाले ।
    आछामी थचक्क सोफामै बसे । चस्मा खोलेर रुमालले आँखाको आसुँ पुछ्न थाले । सबैजना उहाँ पट्टि हेरेर भावुक भए । आछामी जनयुद्धका पुर्ब बिग्रेड कमिसार हुन् । जनयुद्धमै उहाँले आफ्नै दुई बहिनी निर्मला आछामी र मन्जु आछामी लगायत आफ्नै आँखा अगाडि थुप्रै साथीहरु सहिद भएको सम्झनाले आछामीलाई बोल्नै आँट आएन ।
    कार्यक्रममै भक्कानीयका आछामीले आँसु पुछ्दै “सरि म बोल्नै सकिन” मात्रै बोल्नुभयो ।