• मंसिर ८, सिन्धुली पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा पदम बहादुर अस्तानी (शरण) सर्वसम्मत चयन हुनुभएको छ । आज सिन्धुलीमाढीमा पुर्व जनमुक्ति सेनाद्धारा आयोजना गरिएको पुर्व जनमुक्ति सेना नेपालको २३ औँ स्थापना दिवसको अवसरमा अध्यक्षमा पदम बहादुर अस्तानी (शरण) सहित १३ सदस्यीय नयाँ समिटी गठन गरिएको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ (उत्साह) , गौरब काकी (सुदिप) सचिवमा केशव लोहार (भिषण), सहसचिवमा हरिकृष्ण घिमिरे, कोषाध्यक्षमा संगिता माझि सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भुल बहादुर राना(अबिरल), छबिलाल श्रेष्ठ, सुक बहादुर सुनुवार, गोपाल श्रेष्ठ, सिताराम रम्तेल, सुनिता तामाङ र अर्जुन विक सहित १३ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो ।

    आज २३ औँ पुर्व जनमुक्ति सेना नेपालको स्थापना दिवसको अवसरमा सिन्धुलीमाढीमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल(शितल कुमार) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु महेश्वर दाहाल, गोपि आछामी, बुद्धिमान माझि, दिर्घराज श्रेष्ठ लगायत जिल्लाका पुर्व जनमुक्ति सेनाहरुको उपस्थिती रहेको थियो ।

    जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार, बेपत्ता परिवारको आन्दोलनलाई नैतिक तथा भौतिक समर्थन गर्नको निम्ति कमिटि गठन गर्न आवश्य रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल(शितल कुमार) ले बताउनु भयो ।