• मंशिर ४, सिन्धुली/सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर २ का ४३ बर्षीय श्याम चौधरी रहेका छन् ।

    विपि राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ बाघमारामा दिउँसो ४ बजेको समयमा धरान बाट काठमान्डौँ तर्फ आउँदै गरेको बा ४ ख ५९४८ नम्बरको बस र सिन्धुलीबाट बर्दिबास जाँदै गरेको ज ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    गम्भिर घाइते भएका मोटरसाइकल चालक श्याम चौधरी उपचारका क्रममा मेडिसिटि केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सोहि मोटरसाइकलको पछाडि सवार बर्दिबासका ५५ बर्षीय अरुण कुमार कर्णको सोहि अस्पतालमा उपचार भइरको प्रहरीले जनाएको छ । घाइते कर्णको अनुहार र टाउँमा चोट लागेकोले अवस्था गम्भिर रहेको छ ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बस चालक ललितपुर जिल्लाका श्याम कृष्ण सिजापती र बस नियन्त्रण लिएको छ ।