• कार्तिक २८,सिन्धुली÷सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामे स्थित कमला माध्यमिक विद्यालमा पूर्व विद्यार्थी समाजले आयोजना गरेको बृहत देउसी भैलो कार्यक्रमबाट २ं लाख ५४ हजार ४ सय ७६ रुपैयाँ नगद संकलन भएको छ ।


    आज विद्यालयको प्राङ्गणमै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष देव श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा बृहत देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । कमला माध्यमिक विद्यालय सिलामेका अपाङ्ग विद्यार्थीहरुलाई शुद्ध खानेपानी व्यवस्थापनको निम्ती सहयोगको लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।


    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा कमला माध्यमिक विद्यालय सिलामेका पूर्व विद्यार्थी गंगानारायण श्रेष्ठले बागमती प्रदेशबाट विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन गरिदिने प्रतिबद्धता गर्नुभएको छ । उहाँले सकभर यहिँ बर्ष नभए अर्को बर्षमा पानीको व्यवस्था गरिदिने बताउनु भएको हो ।


    पुर्व विद्यार्थी समेत रहनुभएका मन्त्री श्रेष्ठले रुख मूनिबाट शिक्षा दिनको लागि सुरुवात गरिएको विद्यालयको व्यवस्थापनको लागि समाजका ब्यक्तिहरु पनि बाट प्रतिबद्ध रहनुपर्ने पनि बताउनु भएको छ । विद्यालयको व्यवस्थापनमा बागमती प्रदेशको तर्फबाट सहयोगको लागि पहल गरिने उहाँको भनाई छ ।