विद्यालयमा खानेपानी व्यवस्थापानका लागि पुर्व विद्यार्थीद्वारा संयुक्त देउसी कार्यक्रमको आयोजना

कार्तिक २४, सिन्धुली/कमला विद्यार्थी जनज्योति माध्यमिक विद्यालय सिलामेका पुर्व विद्यार्थी समाजले विद्यालयको खनेपानी व्यवस्थपन गर्न संयुक्त देउसी भैलो तथा पूर्व विद्यार्थी भेटभाट कार्यक्रमको आयोजना गरको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामेमा रहेको जनज्योति माध्यामिक विद्यालयमा नगर आवसीय विद्यालय सञ्चालन रहेपनि विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन नहुँदा विद्यार्थीले सास्ती व्यहोर्नु परिरहेको छ । यस समस्यालाई मध्यनजर गर्दै यस विद्यालयमा पढेका पूर्व विद्यार्थीहरुले देउसी कार्यक्रमको आयोजना गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष देवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थितीमा कार्तिक २८ गते अर्थात गोवर्धन पुजाको दिन शुभ दिपावली, नेपाल संवत, छठ लगायतको शुभकामना आदान प्रदान तथा संयुक्त देउसी भैलो कार्यक्रमको आयोजना गरिएको पुर्व विद्यार्थी समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा कला घर सिन्धुलीको गीति नाटक तथा बिशेष सास्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *