• कात्तिक २३, सिन्धुली/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलले प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडी बढाएको वताउनुभयो ।

    सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमरकटेलले बागमती प्रदेश सरकारले कृषिको साथै प्राविधिक शिक्षामा लगानी गर्ने बताउनुभयो ।

    मुख्यमन्त्री जमरकटेलले नेपालमा प्राविधिक शिक्षा पढ्न लाखौं विद्यार्थी परीक्षामा सहभागि हुने र सयको संख्यामा मात्र पढ्न पाउने अवस्था रहेकोले लाखौं विद्यार्थी विदेशी रहेकोले प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको वताउनुभयो ।

    “चिकित्सा शिक्षा अयोगले लिएको परीक्षामा ४० हजार विद्यार्थी सहभागि हुने, १२/१३ हजार पास हुने र भर्ना ७/८ सय मात्र लिने, बाँकी बाध्य भएर विदेशीनु पर्ने अवस्था छ । अब यो अवस्था रहनु हुँदैन, चिकित्सा शिक्षा आयोगको परीक्षा पास हुने सबैले पढ्न पाउनु पर्छ । त्यसको व्यवस्था सके सरकारले गर्ने नसके शिक्षाको गुणस्तर र शुल्क निर्धारण गरेर नीजि क्षेत्रलाई सहभागि गराएर अगाडी बढ्नु पर्छ” मुख्यमन्त्री जमरकटेलले भन्नुभयो ।

    बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजनामा नेपाल सरकारका सहरी विकास मन्त्री सिता गुरुङले र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संयुक्त रुपमा झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।