मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे पुलको संयुक्त उद्घाटन

कार्तिक २३, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे पुलको संयुक्त उद्घाटन गरिएको छ ।
आज बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजनामा नेपाल सरकारका सहरी विकास मन्त्री सिता गुरुङ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संयुक्त रुपमा झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा आज देशभर १० हजार भन्दा बढि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपलक्षयमा मरिण खोलाको झोलुङ्गे पुलको समुद्घाटन गरिएको कार्यक्रममा नेपालको लागि स्वीजरल्याण्डकी राजदुत महामहिम समेत उपस्थिती रहेको थियो ।
पुल उद्घाटन गर्नुहुँदै शहरी विकास मन्त्री सिता गुरुङले झोलुङ्गे पुलमा मानिस आवात जावत गर्ने मात्रै बुझिम भने गलत हुने बताउनु भएको छ । पुल निर्माण सँगै शिक्षा,स्वास्थ्य,रोजगारी र उत्पादनमा ठुलो राहात मिल्ने मन्त्री गरुङले बताउनु भयो । नेपाल जस्तो प्राकृतिक सा्रेतले सम्पन्न देशमा नदिनालामा मात्रै नभई पहाड टु पहाड सम्म झोलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको तर्क व्यक्त गर्नुभयो ।
उहाँले आफु शहरी विकासर मन्त्रालयमा गइसकेपछि झोलुङ्गे पुल नदी, खोला, नालामा मात्रै नभई पहाड टु पहाड अर्थात ठुलाठुला पहाडलाई जोड्नको निम्ती नितीनै निर्माण गरिएको बताउनु भयो । हाकपारा र चाइचुट्टिमा सबैभन्दा बढि पिडित विद्यार्थीहरुलाई ठुलो राहात मिलेको महशुस भएको मन्त्री गुरुङले बताउनु भयो । बागमती प्रदेश सरकारको ३ करोड ६९ लाख लागतबाट २ सय ८३ मिटर लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रतिनिधिसभाका सांसद शुशिला तामाङ,लेखनाथ दाहाल,जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले सम्बोधन गर्नुभएको थियो ।