घ्याङलेख गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने

कार्तिक १८, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान, प्रमुख प्रशासकिय अधिकृत राम कुमार पौडेल सहित बसको गाउँ कार्यपालिकाको बैठकले जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत सहयोग हस्तानतरण गरिने गाउँपालिकाका उपाध्यक्ष शंकरामान घलानले जानकारी दिनुभयो । विपदको समयमा भूकम्प पिडितको उद्धारको रागि राहत प्रदान गरिने उहाँले बताउनु भयो ।
गयराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्नेच्युटको भुकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।
भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ लगिएको छ । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *