धारा निर्माण भईनसक्दै प्लाष्टर पत्रपत्र उप्केपछि भुक्तानी रोक्दिने अध्यक्ष मोक्तानको चेतावनी

कार्तिक १८,सिन्धुली/खानेपानीको धारा निर्माणमा लापरर्बाही देखेपछि भुक्तानी रोक्दिने मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले चेतावती दिनुभएको छ ।
मरिण गाउँपालिकाको वडा नम्बर ४ मा ‘एक घर धारा’ कार्यक्रम अन्र्तगत ठेकेदारले धारा निर्माणमा लापरर्बाही गरेपछि गाउँपालिका अध्यक्ष मोक्तानले बाँकि भुक्तानी रोक्दिने चेतावनी दिनुभएको हो ।
गाउँपालिकाका अध्यक्ष मोक्तान,प्रमुख प्राशासकिय अधिकृत ओम दर्जि संरचना निर्माण स्थलमा इन्जिनियर सहित अनुगमनमा जाँदा निर्माणाधिन धाराको प्लास्टर तथा पनिङ उप्किसकेको भेटेपछि ठेकेदारलाई पुन निर्माण नगरे बाँकि भुक्तानी रोकिदिने चेतावनी दिएका हुन् ।
निर्माण कम्पनीको लापरर्बाहीले गर्दा धारा निर्माण भइ नसक्दै प्लाष्टर पत्रपत्र भएर उप्किएको पाइएको अध्यक्ष मोक्तानले बताउनु भयो । स्थानीयले गुनासो गरेपछि गएर हेर्दा केहि धाराहरु निर्माणमा कमजोरी गरिएको पाइयो । उहाँले भन्नुभयो “अनुगमनमा जादा खानेपानीको धारा निर्माण गर्दा ठेकेदारले गुणस्तरहीन सामाग्री प्रयोगबाट बनाइएको पाए । यदी निर्माण कम्पनीले पुन निर्माण नगरे भुक्तनी नै रोकिन्छ ।” बिग्रिएको धाराहरु पुननिर्माण गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।
संघिय सरकारको बिशेष अनुदान मार्फत १ करोड ६ हजार ८ सय ७४ रुपैया बजेट बिनियोजन बाट ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत मरिण गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ५८ वटा धारा निर्माण भइरहेको छ ।
मरिण गाउँपालिकाले अम्बर शान्ति बिल्डर्स एण्ड सप्लायर्स, ललितपुरसँग निर्माण सम्झौता गरेको थियो । हाल सम्म उक्त कम्पनीले ६४ लाख ५३ हजार ७ सय ४४ रकम भुक्तानी लिइसकेको छ ।