-
कार्तिक १३, सिन्धुली/सिन्धुलीमा किराना पसल चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका वडा नम्बर ७ बुद्धनगरचोक स्थित मदन कुमार घिसीङको किराना पसल चोरी गर्ने एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नम्बर १० का २२ बर्षिय चन्दु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
कार्तिक ९ गते बुद्धनगरचोकको किराना पसल फोरेर कुमरले नगद चोरी गरेको भन्दै पसल सन्चालक घिसीङले प्रहरीलाई खबर गरेपछि कुमरको साथबाट प्रहरीले ३१ हजार ८ सय ६१ रुपैयाँ नगद, चोरी गर्न प्रयोग गरिने एक थान फलामको रड र १ थान पेन्चीस लगायतको सामन बरामद गरिएको प्रहरीले जनाएको छ ।
कुमरलाई सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी चोरी सम्बन्धि कसुरमा थप अनुसन्धान थालिएको बताइएको छ । चाडबाड लागेसंगै सदरमुकाम बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्न सक्ने भएकाले सतर्क र सचेत रहन प्रहरीले सवैलाई आग्रह गरेको छ ।
News Desk 0 response सोमवार, कार्तिक १३, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२