-
कार्तिक १३, सिन्धुली/छात्रहरुको व्यक्तित्व निर्माणको लागि सिन्धुलीमा आवास प्रशिक्षण सुरु गरिएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा ३ जिल्लाका छात्रहरुलाई कमलामाई नगरपालिका वडा नम्बर ५ स्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा १ हप्ताको प्रशिक्षण सुरु गरिएको हो ।
जनज्योति माध्यमिक विद्यालय फोस्रेटारको समन्वयमा सिन्धुली, रामेछाप र दोलखाका ८९ जना छात्रहरुलाई प्रशिक्षण सुरु गरिएको बताइएको छ । कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत छात्रहरुलाई नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको आयोजक हिन्दु स्वयंसेवक संघले जनाएको छ ।
सामाजिक सन्जालसंग जोडिएर आफ्नो धर्म, सँस्कृती, रितिरिवाज तथा सत्कार विर्सिन लागेका बालकहरुलाई नैतिक शिक्षा प्रदान गरेर व्यक्तित्व विकासको गर्ने उद्देश्यले सिन्धुलीमा पहिलो पटक पृथक क्रियाकलापबाट प्रशिक्षण दिइएको जनज्योति माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारीले बताउनु भयो । हिन्दु स्वयंसेवक संघ नेपालका सुरज अवस्थीले १ साता सम्म छात्रहरुलाई मातृभूमि, आमावुवा, गुरुवर्ग तथा मान्यजन प्रतिको कर्तव्य तथा आफ्नो जिम्मेवारीको बिषयमा प्रशिक्षण गराउनुहुने छ ।
८९ छात्रहरुलाई जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमै आवास र खानाको व्यवस्था मिलाइएको छ । विद्यालय बन्द भएपछि विद्यार्थीहरु मोबाइल तथा ल्यापटपमा मात्रै व्यस्त हुँदा विभिन्न मानसिक रोगको शिकार हुने गरेका छन् । सोहि अवस्थालाई मध्यनजर गर्दै पहिलो पटक छात्रहरुको लागि मात्रै प्रशिक्षण सुरु गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल सिन्धुलीका अधयक्ष विश्वनाथ बरालले जानकारी दिनुभयो । कार्तिक १८ गते समापन गरिने प्रशिक्षणको उद्घाटन कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले गर्नुभएको हो ।
News Desk 0 response सोमवार, कार्तिक १३, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२