सिन्धुलीमा सहिद आजाद स्मृति चौथो फुटबल प्रतियोगिता १५ गतेबाट सुरु हुने

कार्तिक २, सिन्धुली/सिन्धुलीमा सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिता २०८० कार्तिक १५ गतेबाट सुरु हुनेभएको छ । वडादसैँ, शुभ दिवावली र छठ पर्वलाई मध्यनजर गरेर इनारपानी युवा क्लव कमलामाई नगरपालिका ९ भिमानको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।
कमलामाई नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्यक बर्ष सहिद आजाद स्मृति फुटबल प्रतियोगिता हुने गरेकोमा यो बर्ष इनारपानी युवा क्लवले चाडपर्वलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष घनश्याम चौहानले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाले प्रतियोगिताको लागि ३ लाख बजेट बिनियोजन गरेको छ ।
यो पटक सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिताको विजेता पुरस्कारको धनराशि जिल्लाकै अहिले सम्मकै बढि घोषणा गरिएको छ । प्रथम विजेतालाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो विजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव मोहन मगरले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ठ खेलाडिलाई ५ हजार नगद,कप,मेडल र प्रमाणपत्र,सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षक लाई ३ हजार नगद,कप,मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ ।
फुटबल प्रतियोगिता कमलामाई नगरपालिका ९ भिमान स्थित सृजना जनजाग्रिती माविको मैदान मा हुनेछ । प्रतियोगितामा सहभागिहरुले असोज २६ गतेबाट कार्तिक १२ गते सम्म खेलदर्ताको लागि समय तोकिएको छ भने खेल दर्ताको लागि १० हजार १ सय ११ रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ । खेल २५ गते समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *