डिएफओ मानन्धरलाई मरिण गाउँपालिकाद्वारा स्वागत

कार्तिक १, सिन्धुली/डिभिजन वन कार्यालय मरिण कपिलाकोटमा सरुवा भएर आउनु भएका डिभिजन वन अधिकृत (डिएफ‌ओ) अजय विक्रम मानन्धरलाई मरिण गाउँपालिकाले स्वागत गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान र प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले डिएफ‌ओ मानन्धरलाई स्वागत गर्नुभएको हो । मरिणमा बर्षाैँदेखी चरिचरणको समस्या भएकाले समाधानको लागि पहल गर्न गाउँपालिका अध्यक्ष मोक्तानले आग्रह गनुभएको छ ।

गाउँपालिकाले पनि चरिचरण बन्द गर्नको लागि बजेट बिनियोजन गरेकोले गाउँपालिका र वन कार्यालयबिच समन्वयात्मक भूमिका जरुरी रहेको उहाँले बताउनु भयो । वनको संरक्षण गर्न डिभिजन वनको मात्रै कर्तव्य नभएर सम्पूर्ण नागरिकको जिम्मेवारी रहेको बताउँदै डिएफ‌ओ मानन्धरले पछिल्लो समय वन अतिक्रमण, जग्गा प्रयोजन लगायतका समस्या हुने गरेपनि मरिणमा चरिचरणको समस्या भएकाले समाधानको लागि पहल थालिएको बताउनु भयो ।

स्थानीय तह र डिभिजन वन कार्यालय बिच जग्गा प्रयोजनमा बिवाद बढ्ने गरेकोले कानून अनुसार गाउँपालिकालाइ सहजीकरणको लागि डिएफ‌ओ मानन्धरले आग्रह गर्नुभयो । डिभिजन वन कार्यालय मरिण मातहतमा जिल्लाको मरिण, हरिहरपुरगढी, घ्याङ्लेख, सुनकोशी गरी ४ वटा गाउँपालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडा रहनेछ । साथै डिभिजन वन कार्यालयका प्रमुख डिएफ‌ओ अजय बिक्रम मानन्धरले दशैँ, तिहार लगायत अन्य चाडपर्व परापूर्वकालदेखि मनाउँदै आएको साँस्कृतिक पर्व भएकोले तडगभडग नगरी हर्षोउल्लासका साथ मनाउन आग्रह गर्नुभएको छ ।

मरिण गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले कोरोनाका कारण नेपाल मात्रै नभएर अन्य ठूला र धनी राष्ट्रहरुमा समेत आर्थिक संकट भइरहेको समयमा हालको अवस्थालाई मध्यनजर गरेर चाडपर्व मनाउन आग्रह गर्नुभयाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *