कमलामाईमा चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनमा कडाई

असोज २९, सिन्धुली/चाडपर्वलाई लक्षित गरेर कमलामाई नगरपालिका भित्रका बजार अनुगमनलाई कडाई गरिएको छ । नगर उपप्रमुख मन्जु देवकोटाको संयोजकत्व तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य राम बहादुर थिङको उपस्थितिमा सिन्धुलीमाढी बजार अनुगमन कडाई गरिएको हो ।

चाडपर्वको समयमा कालोबिजारीबाट उपभोक्ता ठगिने सम्भावना अधिक भएकाले सक्रिय रुपमा अनुगमनलाई तिब्र गरिएको नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले बताउनु भयो ।

चाडपर्व लक्षित गरी नगर भित्र हुन सक्ने मुल्यबृद्धि, उपभोगय म्याद गुज्रेका खाद्य समाग्रीहरु विक्री वितरण तथा खाद्य बस्तुमा कृत्रिम अभाव सृजना नहोस भन्ने उदेश्यले माछामासु पसल, दुग्ध डेरी,बेकरी, किराना तथा खाद्य पसलहरुको संयुक्त अनुगमन तथा निरिक्षण भएको छ ।
अनुगमनको क्रममा व्यापारीहरु अनिवार्य रुपमा मुल्यसूची सबैले देख्ने गरी राख्ने, व्यवसाय दर्ता गरी मात्र संचालन गर्न, नगरपालिकामा व्यवसाय अनिवार्य रुपमा सूचिकृत तथा नविकरण गर्नुपर्ने,खरिद विक्री विल अनिवार्य रुपमा जारी गर्नुपर्ने,म्याद गुज्रेका समाग्रीहरु विक्री वितरण नगर्न साथै म्याद नाघेका सामाग्रीहरु र विक्री योग्य सामाग्रीहरुको छुटाछुटै स्टोरमा व्यवस्था गर्नुपर्ने निर्देशन गरिएको छ ।
अनुगमनमा सम्बन्धीत वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उद्योग बाणिज्य संघ,उपभोक्ता हित संरक्षण मंच ,क.न.पा उद्योग विकास शाखा, पशु विकास शाखा, कृषि विकास शाखा , सूचना प्रविधि शाखाको उपस्थिति रहेको थियो ।
खाद्य सामाग्रहीहरु खरिद ÷ विक्री गर्दा लेवल प्रष्ट भएको र म्याद नाघे, ननाघेको हेरी मात्र खरिद तथा विक्री वितरण गर्न पनि कमलामाई नगरपालिकाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *