• असोज २८, सिन्धुली/हिन्दु नेपालीहरूको महान चाड विजयादशमी २०८० को अवसरमा समय पाठशाला सिन्धुलीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा दशै पर्वसंग सम्बन्धित विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको सहभागीता रहेको थियो । जमरा राख्ने क्रियाकलापबाट शुरु कार्यक्रममा बाँसबाट बनेको नमुना पिङको अनुभव संगै विविधतायुक्त समाजलाई प्रतिविम्वित गर्न सांस्कृतिक भेषभुषासहितको प्रस्तुती, टिका जमरा सहित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले शुभकामना आदनप्रदान गरेका थिए ।
    कार्यक्रममा विद्यालयको बाल क्लव, शिक्षक शिक्षिका तथा सम्पुर्ण विद्यालय परिवारको तर्फबाट गत बाल दिवसका अवसरमा संकलित एकमुष्ट पच्चिस हजार पाँच सय पच्चिस रुपैयाँको सहयोग रकम नेपाल रेडक्रस सोसाईटी सिन्धुुली शाखाद्वारा नि:शुल्क ब्लड बैंक स्थापनार्थ संचालित अभियानलाई सहयोगका लागि विद्यालयका संस्थापक प्रिन्सीपल सोनाम बज्युले रेडक्रस सिन्धुली शाखाका अध्यक्ष अशोक श्रेष्ठ तथा प्रबन्धक पवन पाख्रिनलाइ हस्तान्तरण गर्नुभएको थियो ।

    यस किसिमका सहयोगले विद्यार्थीहरुमा सानै देखी आफ्नो सामाजिक दायित्वका बारेमा बुझ्ने र महसुस गर्ने अवसर मिल्ने विद्यालयमा सहयोग संकलनको संयोजन गर्नुहुने भाइस प्रिन्सिपल डिलेन्द्र बज्युले बताउनुभयो ।