एमाले मिसन २०८४ को अभियानमा छ, सरकारमा जान हतार छैन : महासचिव पोखरेल

असोज २७, सिन्धुली/नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सरकारमा जान नेकपा एमालेलाई कुनै हतार नभएको वताउनुभयो ।
प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेकपा एमाले मिसन २०८४ मा रहेकोले अहिले नै सरकारमा जान हतारो नभएको तर अहिलेको सरकारले जनजीविकाको सवालमा जिम्मेवार नभएकोले जनता आक्रान्त भएको वताउनुभयो ।
महासचिव पाखरेलले अहिले गठबन्धन दलहरु मात्र सरकारमा कसरी रहिरहने भन्ने मात्र ध्यान भएको र महङ्गी भष्ट्राचार नियन्त्रणमा असफल भएकोले यो सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो । नेपालको संविधानको सर्वोच्च अदालतको लगत व्याख्या गरेर उपधारा (५) अनुसारको सरकार गठनका लागि निर्दलीय व्यवस्था गरेको कारण अहिले कोशी प्रदेशले गठबन्धनलाई संकटमा पारेवको वताउनुभयो ।
उहाँले अहिले कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम गठित केदार कार्कीको नेतृत्वको सरकारमा सहभागि हुने वा नहुने नबनियुक्त मुख्यमन्त्रीको भुमिकामा नै भरपर्ने बताउनुभयो । “अहिलेको सहमति अनुसार नै अगाडी बढ्नुभयो भने निरन्तर समर्थन र सरकारमा सहभागि हुन्छौं तर उहाँले सहमतिमा तलमाथि गर्नुभयो भने समर्थन फिर्ता लिन्छौं ।” महासचिव पोखरेलले भन्नुभयो ।
एक प्रशङ्गमा महासचिव पोखरेलले पार्टीको प्रदेश अधिवेशनहरुमा पार्टी भित्र आन्तरिक स्वस्थ प्रतिस्पर्धा गर्ने भनिए पनि प्यानल नै बनाएर जाने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले पार्टी भित्र व्यक्ति व्यक्ति विच स्वस्थ प्रतिस्पर्धा स्वभाविक नै छ तर कुनै विचार समुहलाई निस्तेज पार्न बनाईको प्यानल गलत भएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *