चाडपर्वलाई मध्यनजर गर्दै मरिण गाउँपालिकाद्वारा राती १० बजेबाट होटल सन्चालनमा निषेध
असोज २३, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले राती १० बजेबाट होटल बन्द गर्न निर्देशन गरेको छ । नजिकिदै गरेको माहान पर्व दशैँ तिहारलाई मध्यनजर गदैँ मरिण बजारमा सन्चालित होटलहरु १० बजे सम्म मात्रै सन्चालन गर्न निर्देशन गरेको हो ।
गाउँकार्यपालिकाको बैठक र मरिण गाउँपालिका स्तरिय सर्वपक्षीय भेलाले चाडपर्वलाई मध्यनजर गर्दैँ मानविय चहलपहल, शान्ति सुरक्षाको अवस्था, सम्भाव्य जोखिम तथा चुनौती आइपर्ने भएकाले मरिणका बजारमा सन्चालनमा रहेका होटलहरु राती १० बजे बाट बन्द गर्ने निर्णय भएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान ( प्रख्यात) ले बताउनु भयो ।
मरिण गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिको हस्ताक्षरमा हिजो (सोमबार) सुचना प्रकाशित गरेर राति १० बजेबाट होटलहरु नखोल्न निषध गरेको हो । विगतमा भएका केहि प्रतिनिधि मुलक दुर्घटनालाई मध्यनजर गदैँ चाडपर्वमा शान्ति,सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्नको लागि कार्तिक २५ गते बाट गाउँपालिकाले अर्को सुचना प्रकाशन नगरे सम्म राति १० बजे बाट होटल बन्द गर्न सम्पुर्ण होटल व्यवसयीलाई सुचना मार्फत आग्रह गरिएकोे छ ।
यदि गाउँपालिकाको निर्देशनलाई अटेर गरेर राति १० बजे पछि होटल सन्चालन गरेमा कानुन बमोजिम् कारबाहि गरिने सुनचामा उल्लेख गरिएको छ ।