नेकपाको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद बिषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न
असोज २०, सिन्धुली/वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद बिषयक अन्तरक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जनकपुर ब्युरोको आयोजनामा जनकपुर ब्युरोका इन्चार्ज जुजारु सि को अध्यक्षता तथा नेकपाका पोलिटव्युरो सदस्य चिरन पुन (मिलन सि) को प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य मिलन सि ले नेकपाले हाल सम्पूर्ण जिल्लामा एमसिसिको र वर्तमान परिस्थितिमा नेपाली विशेषताको समाजवाद बिषयमा अन्तरक्रिया गरिरहेको बताउनु भयो ।
पार्टीको पछाडि कम्युनिष्ट जोडिएर पनि आफ्नो धर्म निभाउन नसकेको मिलन सि ले गुनासो गर्नुभयो । कम्युनिष्टलाई जनताले मत दिन चाहने, सँगै उभियको हेर्न चाहने, एकता होस् भन्ने चाहान राख्छन् तर कम्युनिष्ट एकताबद्ध भएर कम्युनिष्ट जस्तो हुनै नसकेको मिलन सि ले आरोप लगाउनु भयो ।
मिलन सि ले भन्नुभयो “चोक, गल्ली बजार, सडक, गाउँबस्ती हरेक ठाउँमा कम्युनिष्ट पाइन्छ । जनताले कतिबेला कम्युनिष्ट एकता होलान् भनेर आसामा बसेका छन् । अझै पनि समाजमा कम्युनिष्टको जनमत छ । तर जनताको मायालाई कम्युनिष्टले आदार गर्न सकेन ।”
साथै उहाँले “क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्न तयार रहेको बताउनु भएको छ । कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सदस्य खड्ग बहादुर खत्री, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य पदम अस्थानी लगायत पार्टी प्रतिधिको उपस्थिती रहेको थियो ।