बालबालिका र आन्तरिक पर्यटक प्रबर्द्धनको लागि निर्माण गरिएको चिल्ड्रेन पार्क ठेक्का लागेपछि सन्चालनमा

असोज १९, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका वडा नम्बर ६ सिन्धुलीमाढीमा बालबालिका र आन्तरिक पर्यटक प्रबद्र्धनको लागि निर्माण गरिएको चिल्ड्रेन पार्क ठेक्का लागेपछि सन्चालनमा आएको. छ ।

कमलामाई नगरपालिका र डिल्ली रत्नग्रुप अफ कम्पनी प्रालि गोलन्जोर गाउँपालिका वडा नम्बर ५ सिन्धुलीबिच २०८० साउन २६ गते आगामी असार मसान्त सम्मका लागि ठेक्का सम्झौता भएपछि चिल्ड्रेन पार्क सन्चालन आएको हो । मासिक रुपमा १३ हजार ५ सय कमलामाई नगरपालिकालाई बुझाउने गरी ठेक्का सम्झौता भएको राजस्व शाखाका कुमार थापाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाले निर्माण गरेको केहि समयमै बन्द रहेको पार्क करिब ५ बर्ष पछि खुलेको हो । हाल दिनमै ८० देखी १ सय जना सम्म बालबालिका सहित अन्य आन्तरिक पर्यटक मनोरन्जनको लागि आउन लागेको डिल्ली रत्नग्रुप अफ कम्पनीका प्रतिनिधिको भनाई छ । चिल्ड्रेन पार्कमा प्रवेश शुल्क बालबालिका देखि सबै उमेर समुहका मानिस लाई ५ रुपैयाँ तोकिएको छ ।

पार्कमा बालबालिकाहरुको लागि इलेक्ट्रिक गाडि, बेलुम, डम्पीङ ट्रेम्पोलिङ लगायतका आकर्षक खेलौना राखिने कम्पनीका प्रतिनिधिले बताउनु भयो । कमलामाई नगरपालिकालाई भाडा १३ हजार ५ सय, भ्याट, बत्तिपानि गरी मासिक ३० हजार हजार रुपैयाँ बुझाउनु पर्ने कम्पनीले जनाएको छ । चिल्ड्रेन पार्क बिहान १० बजे देखि बेलुका ८ बजे सम्म खुल्ने छ । कम्पनीले पार्क सन्चालनको लागि ५ जना कर्मचारी राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *