• असोज १८, सिन्धुली/कमलामाई नगरपालिका-७ का ८ जना भूमिहिन दलित, भूमिहिन सूकुम्बासीहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता, राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहिन्द्र बहादुर खड्काको प्रमुख अथित्यतामा जग्गा धनी पुर्जा वितरण गरिएको हो ।

    केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि नहिन्द्र बहादुर खड्काले विगतको काम कार्वाही भन्दा अहिलेको काम कार्वाही फरक रहेको हुँदा सवैको सहयोग पाएमा लालपूर्जा वितरणमा कुनै कसर वाँकी नरहने वताउनु भयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भूमि अयोगले यस जिल्लामा प्राप्त गरिरहेको सफलतामा वृध्दि गराउन आयोगको अवधिलाई थपी लैजानुपर्ने वताउनु भयो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष वावुराम राइले जिल्ला समिति जग्गा धनी प्रमाणपत्र वितरण गर्न आतुर रहेको वताउनु भयो ।

    लुङ्गेलीटार सामुदायिक भवनमा आयोजित कार्यक्रममा ६ जना भूमिहिन दलित तथा २ जना भूमिहिन सुकुम्वासीलाई जग्गा धनी प्रमाणपत्र वितरणका साथै ३२२ जना अव्यवस्थित बसोवासीलाई अस्थाई नापनक्सा निस्सा प्रदान गर्नुका साथै सेवा केन्द्रका कर्मचारी लगाएत जिल्ला समितिका कर्मचारीहरुमा प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

    कार्यकमका संचालक तथा इकाइ प्रमुख मुकेश तामांगले भूमिहिन लक्षित तथा अव्यवस्थित वसोवासी हाल ६७२५ रहेको तथा छुट भएकाहरुलाइ आवेदन गर्न समेत अनुरोध गर्नुभएको छ ।