दुधौलीमा एकै दिन २ जना पुरुष मृत फेला

असोज १२, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ११ तल्लो धनसरीमा एक पुरुषको शव फेला परेको छ । कमला नदीको किनारमा अन्दाजी ६० बर्षीय पुरुषको नाम,थर नखुलेको बेवारिसे शव फेला परेको हो ।
स्थानीयले नदीको पानीमा घोप्टो अबस्थामा शव फेला परेको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो । हाल सम्म उक्त शवको वतन खुलेको छैन ।
शवलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौँलीमा पोषमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।
यसैबिच आजै दुधौली नगरपालिका वडा नम्बर ८ बताहा स्थित तावाखोलामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर ३ राजाबासका भिम बहादुर बस्नेतको अन्दाजी २१ बर्षीय छोरा मनोज बस्नेतको खोलामा डुबेर मृत्यृ भएका अबस्थामा फेला परेको डिएपी दाहालले जानकारी दिनुभयो ।
आज( शुक्रबार) बिहान ९ बजे स्थानीयले फेला पारेका थिए । मृतकको शबलाई पोषमार्टमको लागि कटारी पठाइएको प्रहरीले जनाएको छ ।