आन्दोलनमा सहभागि हुन हिँडेका शिक्षक चढेको गाडी सुनकोशीको बोहोरेटारमा दुर्घटना, १० जना घाईते

असोज १२, सिन्धुली/राहत शिक्षकहरुको आन्दोलनमा सरिक हुन सिन्धुलीबाट काठ्माण्डौ जादै गरेको गाडी सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश ०४–००१ झ ००६२ नम्बरको विद्युतीय गाडी आज (शुक्रबार) सुनकोशी गाउँपालिका ३ स्थीत बोहोरेटारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

घाईतेको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाईते भएका हुन्। हाल चालक कमलामाई नगरपालिका ८ का तेजबहादुर कार्की प्रहरी नियन्त्रणमा रहेका छन् ।

दुर्घटनामा परि कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे अबस्था मध्यम, काभ्रे जिल्ला बनेपा न.पा. १० बस्ने ४० वर्षीय गार्की बस्नेत अबस्था मध्यम, कमलामाई न.पा.५ बस्ने ४६ वर्षीय कमला घिमिरे अबस्था मध्यम, तिनपाटन गा.पा. १० बस्ने ४० वर्षीय राजन कार्की अबस्था मध्यम, कमलामाई.न.पा. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा अबस्था गम्भिर, कमलामाई.न.पा. १ बस्ने ४१ वर्षीय भुवन थापा अबस्था मध्यम, कमलामाई.न.पा. ४ बस्ने ४० बर्षीय बबिता देवकोटा अबस्था मध्यम, कमलामाई न.पा. ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल अबस्था मध्यम, विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकाल अबस्था मध्यम र कमलामाई न.पा. ६ बस्ने ४० वर्षीय सरोज थापाको अबस्था सामान्य रहेको प्रहरी प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने केहिलाई थप उपचारका लागि काठमाण्डौ लगिएको घाइतेका आफन्तले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *