शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान
असोज ७,सिन्धुली/शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज( ह्याण्स ) नेपाल सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा शिक्षकहरुलाई ५ दिने तालिम प्रदान गरिएको हो ।
बालिकाले समान रुपमा सिक्ने परियोजना कार्यक्रम अन्तर्गत मरिण गाउँपालिकाको १५जना र सुनकोशी गाउँपालिकाको ९ जना गरी २४ जना शिक्षकहरुलाई वैज्ञानिक पद्धतिबाट प्रशिक्षण गराउने विधिको बिषयमा तालिम लिइएको कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो ।
तालिमको सहजिकरण कृष्ण प्रसाद खतिवडाले गर्नु भएको थियो । मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीका सचिब रामकुमार कार्कीले यस प्रकारको तालिम सिकाईहरुलाई ब्यवहारिक र वास्तविक संचार संग जोडेर सिकाई पद्धति हुने भएकाले शिक्षकहरुलाई निकै महत्वपुर्ण रहेको बताउनु भएको थियो । तालिम समापन हिजो (शनिबार) गरिएको थियो ।