नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न
असोज ६,सिन्धुली/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको नौ औँ जिल्ला अधिवेशन सिन्धुलीमाढीमा आज (शनिबार) उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भिर सिंह मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका संघिय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्नुहुँदै संघिय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले तामाङको अभियानलाई बस्ति,टोल र घरघरमा पुगेर अभियान सन्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।
तामाङको अधिकार र पहिचान सुनिश्चितताको लागि पराम्परागत ज्ञान, सिपको प्रबद्र्धन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
आफ्नो सँस्कार सस्कृतीको जगेर्ना गर्नको लागि पछिल्ला पुस्तामा जनचेतना फैलाउनका निम्ती नेपाल तामाङ घेदुङले अभियान सन्चालन गर्नुपर्ने उपाध्यक्ष ब्लोनको भनाई छ ।
प्रतिनिधि सभा सदस्य शुसिला थिङले तामाङले आफ्नो पहिचान भुलेर बाहिर सँस्कार अंगाल्दा पटक पटक अन्य जातीले तामाङ जातीहरु माथि धावा बोलेको बताउनुभयो ।
तामाङले आफ्नो संस्कार छोडेकै कारण तामाङ माथि प्रहार हुने बताउनुहुँदै आफ्नो पहिचान नभुल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य शुकुमाया तामाङ,प्रदेश सांसद छेत्र बहादुर बम्जन,घेदुङका केन्द्रिय माहासचिव हर्क तामाङ,जिल्ला समन्वय समिति सिन्धुली संयोजक कार्साङ लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको ९ बर्ष पछि अधिवेशन नौ औँ जिल्ला अधिवेशन आयोजना गरिएको हो । आजको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।