निःशुल्क ब्लड बैंक स्थापनको लागि सिन्धुली समाज अमेरिकाको १० लाख भन्दा बढि आर्थिक सहयोग प्राप्त

असोज ५, सिन्धुली/निःशुल्क ब्लड उपलब्ध गराउनको लागि १ करोडको अक्षयकोष स्थापना अभियानमा सिन्धुली समाज अमेरिकाको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले प्राप्त गरेको छ ।
सिन्धुली घर भई अमेरिकामा बसोबास गर्दै आउनु भएका सन्धुली समाज अमेरिकामा आबद्ध व्यक्तित्वहरुको सामुहिक सक्रियतामा १० लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुलीका बिरामीहरुको निशुल्क ब्लड बैंक सन्चालनको लागि एक करोडको अक्षय कोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले १० लाख ५३ हजार ६५ रुपैयाँ सामुहिक सहयोग गरिएको सिन्धुली समाज अमेरिकाकी अध्यक्ष बन्दना कोइरालाले बताउनु भयो ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको दुम्जामा जन्मिनुभएकी कोइराला २५ बर्ष देखि अमेरिकामा बस्दै आउनु भएपनि आफु जन्मिएको भूमिमा आपतविपदको समयमा सामाजिक सेवा सक्रियताका साथ सहयोग गदैँ आउनु भएको छ ।
बिरामीले समयमै रगत अभावका कारण ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्नको लागि नेपाल रेडक्रस सोसाइटि सिन्धुलीले थालेको अभियानमा सँस्थागत तथा व्यक्तिगत दुवैतर्फबाट सहयोग गर्ने सँस्थाका उपाध्यक्ष छेमाङ लामाले बताउनु भयो ।
आफु जन्मेको ठाउँमा कर्म गर्न नसकिएपनि सदैव साथ र सहयोग गरिने बताउनु हुँदै सँस्थाका उपाध्यक्ष सि पि पौडेलले पारदर्शिताका साथ काम गर्न आग्रह गर्नुभयो ।
हामी एक भयौं भने अप्ठ्यारा काम पनि सजिलै गर्न सकिने सिन्धुली समाज अमेरिकाका महासचिव अर्जुन काफ्लेले बताउनु भयो । त्यसैले सामाजिक काममा एक साथ उभिन सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ ।
सिन्धुली समाज अमेरिकाका मिडीया संयोजक प्रकाश आचार्यले आकास्मीक समयमा आवश्यकता पर्ने ब्लड निशुल्क उपलब्ध गराउनका लागि अध्यय कोष स्थापना अभियानमा सिन्धुली घर भई अमेरिकामा कर्म गदैँ आउनु भएका ५० जना सँग संकलन गरिएको बताउनु भयो ।