सिन्धुलीमा लागु औषध सहित ४ जना मानिस र भारतिय गाडि नियन्त्रणमा

असोज ४,सिन्धुली सिन्धुलीमा लागु औषध सहित ४ जना मानिस र भारतिय गाडि नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वीपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलााई नगरपालिका ६ माझिटार चेकपोष्टबाट भारतिय गाडिलाई चेकजाँच गर्ने क्रममा लागु औषध र ४ जना मानिसलाई नियन्त्रणमा लिएको हो । सर्लाह बाट काठमान्डौँ तर्फ जाँदै गरेको भारतिय गाडि एचआर १० एस ३०५६ नम्बरको गाडिमा हिजो साँझ ५ बजे चेकजाँच गर्दा लुकाएर ल्याएको अवस्थामा नाइट्राभेट-टेन ६ हजार ट्याबलेट र सय एमएलको डाइलेक्स -डिसि ७ सय ४९ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा गाडि चालक सर्लाहि जिल्ला मलङ्गवा नगरापलिका वडा नम्बर १० का २२ बर्षिय लक्ष्मि पण्डित,सोहि गाडिमा सवार सर्लाहि जिल्ला कोडैना नगरपालिका वडा नम्बर ६ का २० बर्षिउ सुनिल कुमार यादव,सोहि ठाउँकै मलङ्गवा नगरपालिका वडा नम्बर १ का २० बर्षिय रितेश कुमार यादव र धनुषा जिल्ला मिथिला नगरपालिका वडा नम्बर ३ का २८ बर्षिय पशुपति लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त बिषयमा थप अनुसन्धान गरी आवश्यक कारर्बाहि प्रक्रिया अगाडि बढाइने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *