सिन्धुलीमा सर्पले डसेर ६५ बर्षिय बृद्धाको ज्यान गयो

असोज ४, सिन्धुली सिन्धुलीमा सर्पले डसेर ६५ बर्षिय बृद्धा (महिला)को ज्यान गएको छ । दुधौली नगरपालिका वडा नम्बर ६ हर्षाहिकी जानुका माझिको सर्पले डसेर ज्यान गएको हो ।
हिजो (बुधबार) साँझ ७ बजेको समयमा घरमै सर्पले माझिको साइली औलो मा सर्पले डसेपछि तत्काल उपचारको लागि दुधौली सर्पदंश हस्पताल लगेपनि अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो । मृतक माझिको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']