• असोज ३, सिन्धुली/सिन्धुलीमा पहिलो पटक बाल सन्जालको आयोजनामा बाल मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ६ को शुभारम्भ बाल संजालले संविधान दिवसको अवसरमा वडा स्तरिय अन्तर विद्यालय बाल मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

    फुटबल प्रतियोगितामा बाल संजालका १२ वटा मावि को सहभागिता रहेको शुभारम्भ बाल संजालका अध्यक्ष दिवस कुमार थापाले जानकारी दिनुभयो । जसमा प्रथम गौमती नुमना मावि र द्धितीय सिद्धस्थली आवासीय मावि भएको अध्यक्ष थापाले बताउनु भयो । सिद्धस्थली आवासीय मावि संग गौमती नमुना मावि १—० गोल अन्तरले विजयी भएको हो ।

    प्रतियोगितामा प्रथम र द्धियित विद्यालयलाई कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । बालबाललिकाले पहिलो पटक प्रतियोगिताको आयोजना गरेकाले बाल संजाललाई फुटबल प्रतियोगिताको लागि वडा बाट ५० हजार नगद सहयोग गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

    जिल्लामै पहिलो पटक वडाको बाल संजालले आयोजना गरेको फुटबल प्रतियोगिताबाट बालबालिकाले ज्ञान आर्जनका साथै बालबालिकाको खेल क्षमता प्रदर्शन भएको वडा अध्यक्ष थापाको भनाई छ । बाल मैत्रीपुर्ण फुटबाल प्रतियोगिताबाट उत्कृष्ठ खेलाडि छनौट गरी जिल्ला,प्रदेश र राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउने उदेश्यले आयोजना गरिएको बाल संजालका अध्यक्ष दिवश कुमार थापाले बताउनु भयो ।

    ६ नम्बर वडा,जिल्ला फुटबल संघ,नेपाली सेना,शसस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयको समन्वयमा फुटबल प्रतियोगिता समापन भएको हो । ६ नम्बर वडाका १६ वटा मावि विद्यालयका बाल क्लबका सदस्यहरुले प्रतिनिधित्व गरी स्थापना गरिएको बाल संजालले संविधान दिवसको अवसरमा भदौ ३० गते फुटबल प्रतियोगिताको उद्घाटन भएको थियो ।