सिन्धुलीमा जुनारमा फल चुस्ने सेतो पुतलीको प्रकोप फैलिन सुरु
नियनत्रणको लागि बिज्ञ र किसान बीच अन्तरक्रिया
-
भदौ २७, सिन्धुली/सिन्धुलीमा जुनारमा फल चुस्ने सेतो पुतलीको प्रकोप फैलिन सुरु भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनारका बगैँचामा फल चुस्ने सेतो पुतली फैलन सुरु भएपछि व्यवस्थापनको लागि विज्ञ र किसानहरु बिच १ दिने अन्तरक्रया गोष्ठी सन्चालन गरिएको हो ।
जुनार सुपरजोन सिन्धुलीका प्रमुख रमेश हुमागाईको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा किसानलाई जुनारमा लागेको किराको प्रकोप नियन्त्रण तथा रोकथामको उपायको बिषयमा प्रशिक्षण गराईको थियो ।
जुनार सुपरजोनले किसानले जुनारको बगैँचामा किराको प्रकोप देखिन लागेको गुनासो गरेकाले १ सातादेखि नियन्त्रणमा जुटेको सुपरजोनका प्रमुख रमेश हुमागाईले बताउनु भयो । नेपाल कृषि अनुसन्धान परिषदका किराका वैज्ञानिक कासिराम सिलवाल,बालिरोग बिशेषज्ञ डाक्टर बिमला पन्त र किरा विज्ञ देवाराज अधिकारीले बगैँचाको अनुगमन पश्चात व्यवस्थापनको लागि गोष्ठिको आयोजना गरिएको प्रमुख हुमागाईले जानकारी दिनुभयो ।
जुनारमा देखिएको सेतो किरा रातिको समय ७ बजे देखि ११ बजेको समयमा जुनारमा बस्ने भएकाले नियन्त्रणको लागि चुनौति रहेको किराका वैज्ञानिक कासिराम सिलवालले बताउनु भयो । ठुलो झुण्डमा फैलिने भएकाले बिषादीले नियनत्रणमा नआउने भएकाले किसानलाई रातिको समयमा बगैँचामा उज्यालो बनाउने, पुतली लाई समातेर मारेर नियन्त्रणमा लिन आग्रह गर्नुभयो ।
गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जुनारमा लागेको किरा नियन्त्रणको लागि सहयोग गरिने बताउनु भयो । गोलन्जोर गाउँपालिकाको वडा नम्बर ५, वडा नम्बर २, वडा नम्बर ९ का बगैचामा सेतो किराको प्रकोप देखिएको छ ।
News Desk 0 response बुधबार, भदौ २७, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०