वीपी राजमार्ग अन्र्तगत सिन्धुलीका बजार क्षेत्रमा २ हजार ३ सय मिटर फुटपाथ निर्माण सुरु
भदौ २५,सिन्धुली सिन्धुलमाढी बजारमा मदन भण्डारी र वीपी दुई ठुला राजमार्जले छोएको क्षेत्रमा पैदल यात्रीलाई आवात जावातमा निकै कठिनाई हुने गरेको छ । १०, ११ देखि १२ बजेको समयमा त झन पुर्बबाट र काठमान्डौ बाट आउने,जाने सवारी साधनको चाप असाध्यै धेरै हुने गर्दछ ।
बजार क्षेत्र, विभिन्न कार्यालय,स्कुल क्याम्पस पनि बजार क्षेत्रमै रहेको र सडकमा सवारी साधानको चापले गर्दा असहज भइरकेको छ । सो समयमा सडकमा ज्यान जोखिममा राखेर हिड्नुपरको पैदल यात्रीले बारम्बार गुनासो गरिरहेका छन् । क्याम्पसका विद्यार्थीका त्यहि समयमा छुट्टि भएर घर फर्किदा सडकमा हिड्न पनि डर लाग्ने गरेको गौमती माविका विद्यार्थी रेविका विसंखे बताउनुहुन्छ ।
साघुँरो सडकको मधयनजर गदैँ वीपी राजमार्ग अन्र्तगत सिन्धुलीका बजार क्षेत्रमा २ हजार ३ सय मिटर फुटपाथ निर्माण सुरु भएको छ । साधुँरो सडकमा पैदलयात्रीलाई हिँडडुल गर्न असहज भएकोले विपि राजमार्ग सडक आयोजनाले फुटपाथ निर्माण सुरु गरेको हो ।
सिन्धुलीको बजार क्षेत्र माझिटार,रातमाटा,ढुङ्ग्रेबास लगायत ठाउँठाउँमा मात्रै फुटपाथ निर्माण हुने आयोजनाका इन्जिनियर माधव पौडेलले जानकार िदिनुभयो । त्यस्तै वीपी राजमार्ग र मध्यपहाडि राजमार्गको छोएको स्थानहरु रामटार,मुल्कोट लगायतका स्थानमा गरी सिन्धुली जिल्लाभर जम्मा २हजार ३ सय मिटर मात्रै फुटपाथ निर्माण हुने इन्जिनियर पौडेलले बताउनु भयो ।
वीपी राजमार्गको रोड सुरक्षा कार्यक्रम अनर्तगत बर्दिबास,सिधुली र बनेपा सम्ममा फुटपाथ निर्माण लगायत रोड सुरक्षाको लागि ९ करोड ६० लबखथ बजेट विनियोजन बाट काम सुरु भएको आयोजनाका प्राविधिक रमेश आचार्यले बताउनु भयो । तर सिन्धुलीका बजार क्षेत्रहरु सम्पुर्ण स्थानमा फुटपाथ निर्माणको लागि स्थानीयले माग गरेका छन् ।