एक करोडको अक्षय कोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाबाट १० लाख भन्दा बढी सहयोग

भदौ २५,सिन्धुली/निशुल्क ब्लड बैंक सन्चालनको लागि एक करोडको अक्षय कोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले १० लाख भन्दा बढी सहयोग प्रदान गरको छ । जन्मथलो सिन्धुली भई अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरुका सँस्था सिन्धुली समाज अमेरिकाले १० लाख ४४ हजार ६ सय ५१ रुपैयाँ सहयोग गरेको हो ।
आज एक भर्चुअल कार्याक्रम मार्फत सिन्धुली समाज अमेरिकाले नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठ मार्फत नेपाल रेडक्रस सोसाइटि सिन्धुलीको खातामा रकम पठाइएको सँस्थाकी अध्यक्ष बन्दना कोइरालाले जानकारी दिनुभयो ।
सिन्धुलीका विरामीहरुको लागि निशुल्क रगत उपलब्ध गराउने उदेश्यले नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले १ करोडको अक्षय कोष स्थापनाको लागि सन्चालन गरेको अभियानमा सिन्धुली समाज अमेरिका सँस्थाले रकम संकलन गरेर सहयोग गरिएको सँस्थाकी अध्यक्ष बन्दना कोइरालाले बताउनु भयो । आफ्नो सालनाल गाडिएको ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष कोइरालले बताउनु भयो ।
जन्मिएको ठाउँमा कर्म गर्न नसकिएपनि आफ्नो जिल्लालाई सदैव आपत विपद्मा साथ र सहयोगको लागि सिन्धुली समाज अमेरिका स्थापना गरिएको सँस्थाका उपाध्यक्ष छेवाङ दोर्जे लामाले बताउनु भयो ।
सिन्धुली समाज अमेरिका सस्ँथाका पदाधीकारी तथा सदस्यहरु र सिन्धुली जन्मस्थान भएर अमेरिकामा बसोबास गरिरहेका ५० जना व्यक्तिहरुसँग रकम संकलन गरी अक्षय कोष स्थापनाको लागि सहयोग प्रदान गरिएको मिडिया कोअडिनेटर प्रकास आचार्यले जानकारी दिनुभयो ।
अक्षय कोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले सहयोगको लागि जुटेका थियो । अभियानमा रकम सहयोग गर्नुहुने सम्पुर्णलाई सिन्धुली समाज अमेरिकाले सम्पूर्ण दातहरुलाई सम्मान पत्र प्रदान गर्ने आचार्यले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *