नेपाल तामाङ घेदुङ कमलामाई नगरको दोस्रो अधिवेशन सम्पन्न

भदौ २३, सिन्धुली/नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समितिको दोस्रो अधिवेशन सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समितिका उपाध्यक्ष मक्कर सिंह बोम्जनको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघिय महासचिव काजिमान थिङको प्रमुख आतिथ्यतामा दास्रो अभिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा मक्कर सिंह बोम्जन,उपाध्यक्षमा सोभा सिंह स्याङ्बा र सरिता राई तामाङ,सचिवमा सुर्य बहादुर बोम्जन,सहसचिवमा नेत्र कुमारी मिक्चन,कोषाध्यक्षमा अस्मिता वाइवा लगायत १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको सरिता राई तामाङले जानकारी दिनुभयो ।
अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाल तामाङ घेदुङ संघिय महासचिव काजिमान थिङले कमलामाई नगर घेदुङले १४ वटै वडामा बनेका योजनाहरु निति तथा कार्यक्रममा तामाङको मुद्धा लाई कहाँ स्थापित ग¥यो भन्ने बिषयमा सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने बताउनु भयो । जिल्लाको घेदुङको काम जिल्लाभरीको तामाङको अवस्था अनुसार स्थानीय सरकारलाई दबाब दिएर निति तथा कार्यक्रममा समेट्न सहयोग गर्नुपर्ने थिङले बताउनुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष विशाल थिङ तामाङ, नेपाल तामाङ घेदुङ महिला संघिय समितिका सदस्य धनमाया तामाङ,नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सिन्धुलीका सचिव सिता स्याङ्तान,कमलामाई नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर थिङ,वडा सदस्य अजय दोङ,युवा परिषद सिन्धुलीका अध्यक्ष देवराज वाइवा लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *