विशाल कुमार स्मृति दिवस सिन्धुलीमाढीमा मनाईयो

भदाै २०, सिन्धुली/नेकपा माओवादी केन्द्र कमलामाई नगरपालिका कमिटी सिन्धुलीले १९ औँ विशाल, कुमार स्मृती दिवस मनाएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा स्मृती दिवस मनाइएको हो ।
शेरमान कुँबर (विशाल) र मोहनचन्द्र गौतम(कुमार) स्मृती सभालाई सम्बोधन गर्नुहुँदै दाहालले अहिलेको सरकारले १ हजार भन्दा वढी भष्ट्रहरुलाई जेल हालि सुशासनको बाटामा अगाडी बढी रहेको वताउनुभयो । सुशासनको यात्रामा सरकारले भष्ट्रहरुको निद्रा विथोलिदिएको वताउँदै अब भष्ट्रहरु जसरी पनि जेलको बास हुने वताउनुभयो ।
सांसद दाहालले सरकारले मिटर व्याजी पिडितको करिब १ सय ५० विघा जमिन फिर्ता गरेर पिडितलाई राहत दिएको वताउनुभयो । उहाँले अहिलको सरकार निरन्तर जनताको पक्षामा काम गरिरहको वताउनुभयो ।
शेरमान कुँबर (विशाल) र मोहनचन्द्र गौतम(कुमार) लाई आजकै दिन सिराहा जिल्लाको धनछबारमा सेनाले गोलि हानि मारिएको थियो । रोल्पाको पुङ्रीवारमा माओवादीको केन्द्रिय समितीको बैठक सकेर फर्केको समयमा सिराहामा घेरो हालेर विहाल, कुमार सहित अन्य ३ जना सहिद भएका थिए ।
शेरमान कुँबर (विशाल) तात्कालिन सयम माओवादीका केन्द्रिय समिती सदस्य हुनुहुन्थ्यो । उहाँ सिन्धुली जिल्लाको साबिक माहादेबस्थान गाबिस तथा हाल मरिण गाउँपालिका वडा नम्बर ७ गढिदमारमा जन्मिएका हुन् ।
त्यस्तै मोहनचन्द्र गौतम(कुमार) तात्कालिन समय माओवादीका केन्द्रिय वैपल्पिक सदस्य हुनुहुन्थ्यो । उहाँ साबिक अमले गाबिस हाल घ्याङलेख गाउँपालिका वडा नम्बर १ सिम्लेमा जन्मिएका हुन् ।