आजको सार्वजनिक बिदामा सरकारी सवारी साधन सञ्चालन गर्न ४ ओटाले मात्र अनुमती लिए

भदौ २०, सिन्धुली/सर्वाजनिक बिदाको दिन सरकारी सवारी साधन अनधिकृत रुपमा प्रयोग गर्न पाइदैन । कार्यालय प्रयोजनमा चलाउनै पर्दा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र सञ्चालन गर्न पाइन्छ ।

श्रीकृष्ण जन्मअष्टमीका दिनमा बजारमा व्यक्तिगत प्रयोगनमा सञ्चालित मोटरसाईकल

आज सार्वजनिक बिदाको दिन (श्रीकृष्ण जन्म अष्टमी)मा ४ ओटा सवारी साधनले मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट अनुमति लिएका थिए । बुधवार सार्वजनिक बिदाको दिन सञ्चालन गर्न सुनकोशी मरिण डाईभर्सनले दुई ओटा गाडी, सुनकोशी गाउँपालिकाले एउटा गाडी र जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिन्धुलीले एउट गाडीको अनुमति लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

श्रीकृष्ण जन्मअष्टमीका दिनमा बजारमा व्यक्तिगत प्रयोगनमा सञ्चालित मोटरसाईकल

अन्य सवारी साधन भने सार्वजनिक बिदको दिन पनि निर्वाद सञ्चालनमा थिए । त्यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आयोजना गरेको १७ औं मानब बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको सन्दर्भमा “मानव बेचबिखन विरुद्धको अभियानमा हाम्रो दायित्व र प्रयास बिषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका अधिकाँश पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सरकारी सवारी साधनमा नै उपस्थित थिए । कार्यक्रममा सवार अधिकाँश सरकारी सवारी साधन सार्वजनिक बिदामा सञ्चालन गर्न अनुमति नलिई सञ्चालन गरेका थिए ।

श्रीकृष्ण जन्मअष्टमीका दिनमा बजारमा व्यक्तिगत प्रयोगनमा सञ्चालित मोटरसाईकल

त्यो भन्द पनि बजारमा किनमेलमा सरकारी सवारी साधन (बाईक) चरम दुरुपयोग भएको पाइएको छ । सिन्धुलीमाढीमा सर्वाजनिक बिदाको दिन सरकारी नम्वर प्लेटका मोटरसाईकल घरका लागि बजारमा सामाग्रि खरिद गर्न तथा व्यक्तिगत प्रयोजनमा सञ्चालनमा रहेका थिए ।

यस सम्बन्धमा नियमनकारी निकाय भने मोन रहेको देखिन्छ । सार्वजनिक बिदाका जिल्ला बाहिर जानको लागि मात्र अनुमति लिने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । जिल्ला भित्र नै व्यवहारिकता हेरेर सम्बन्धित व्यक्तिले प्रयोग गरेको छ वा छैन भन्ने मात्र ट्राफिकले चेक जाँच गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले वताउनुभयो ।

‘स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु अनुगमत तथा पालिकाको कामको सिलसिलामा सरकारी सवासी साधन प्रयोग गरिरहेको हुन्छ सबैलाई अनुमति लिई रहन झन्झट हुने भएकोले व्यावहारिकता मिलाएर जिल्ला बाहिर जानेलाई मात्र अनुमति लिदने गरिएका छ । स्थानी सरकारले नै सवारी साधन सञ्चालन कार्यविधि वनाएर नियमन गर्ने हो’ प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो ।

राष्ट्रिय झण्डावाल गाडी, सुरक्षा नियकाले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अतिआवश्वक सवारी साधन बहायकका सरकारी सवारी साधन सार्वजनिक बिदाको दिन अनुमति नलिई सञ्चालन गर्न पाईदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *