निशुल्क ब्लड बैंक सन्चालनको लागि पहिलो चरणको अभियानबाट झण्डै ५२ लाख सहयोग संकलन

भदौ २०,सिन्धुली/नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले निशुल्क ब्लड बैंक सन्चालनको लागि एक करोडको अक्षय कोष स्थापनाको लागि थालिएको पहिलो चरणको अभियानमा ५१ लाख ८५ हजार ५ सय ३५ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले आज पत्रकार सम्मेलन गरेर १ महिना १० दिनमा ३ सय ३० जनाबाट सो रकम संकलन भएको सार्बजनिक गरेको हो । अक्षय कोष स्थापनाको लागि साउन १० गते बाट स्वइच्छा सहयोगका लागि अभियान सुरु गरिएको थियो ।
सभापति असोक श्रेष्ठले रगत किन्न र बेच्न नपाइने बताउनुहुँदै श्रेष्ठले रेडक्रसको ब्लड बैंकमा संकलन भएको रगत विरामीलाई चढाउनको लागि लाग्ने परिक्षण खर्च लाई सेवा शुल्क बापत लिइएको बताउनु भयो । रेडक्रसले आर्थिक विपन्नता भएका विरामीहरुलाई निशुल्क शेवा प्रदान गरिरहेको छ ।
सिन्धुलीका बिरामीहरुलाई २४ घण्टानै निशुल्क रगत उपलब्ध गराउने उदेश्यले १ करोडको अक्षय कोष स्थापना गर्ने उदेश्यले थालिएको पहिलो चरणको अभियान सन्चालनबाट सकारात्मक सहयोग संकलन भएको सभापति श्रेष्ठले बताउनु भयो । १ करोडलाई मुलधन बनाएर सो रकम बाट आएको ब्याज बाट ब्लड बैंक सन्चालनको लागि सम्पुर्ण व्यवस्थापन गरिने कार्यविधि बनेको श्रेष्ठको भनाई छ ।
पहिलो चरणको अभियान नागरिकमै सन्चालन गरिएकाले सिन्धुली जन्मस्थान भई विभिन्न स्थानमा बसोबास गरिरहनु भएका व्यक्तिहरुबाट सहयोग संकलन भएको छ । दोस्रो चरणको अभियानमा जिल्लाको ९ वटै पालिका र विभिन्न संघसंस्थाहरु माझ पुग्ने श्रेष्ठले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटिक सिन्धुलीले थालेको एक करोडको अक्षय कोष स्थापना अभियान असोज मसान्त सम्ममा सम्पन्न गर्ने अपेक्षा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *