श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखे नाच प्रदर्शन गरिने

भदौ १९, सिन्धुली/श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखे नाच प्रदर्शन गरिने भएको छ । भोलि भदौ २० गते कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीका नेवारी समुदायले लाखे लाच प्रर्दशन गर्न लागेका हुन् ।
सिन्धुलीमाढी बजार स्थित बसोबास गर्दै आएका नेवारी समुदायले बिगतका बर्ष देखि नै लाखे नाच देखाउदै आएका छन् । नेवारी समुदायको परम्परा र संस्कृत जोगाउनको लागि लाखे नाचको आयोजना गरिएको भिमसेन मन्दिर संरक्षण समति माढी बजारले जनाएको छ । लाखे नाच संगै लठ्ठी नाच र धान रोपाई नाचको समेत प्रदर्शन गरिने छ ।
भोली मुल आयोजक गणेश भिमसेन मन्दिर संरक्षण समिति माढी बजार र सबै नेवार समुदायका संघ संस्थाहरुको समन्वयमा कार्यक्रम आयोजना हुने साँस्कृतिक कायर्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१० बजेबाट भिमसेन मन्दिर माढी बजारबाट सुरु गरी बजार, धुरा बजार हुँदै ढुंग्रवासमा गएर कृष्ण मन्दिरमा गएर समापन हुने साँस्कृतिक कायर्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *