स्थापना दिवसको अवसरमा निजामती कर्मचारी युनियन सिन्धुलीद्वारा शैक्षिक सामाग्री तथा फिल्टर वितरण
भदौ १९, सिन्धुली/नेपाल निजामती कर्मचारी युनियनको स्थापनाको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती सिन्धुलीले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर कमलामाई ६ स्थित सिद्ध प्राथमिक विद्यालय अधेरी भन्ज्याङका ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष गोबिन्द प्रसाद कोइरालाको अध्यक्षता तथा नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
दलित परिवार र निम्न आयस्रोत भएका विद्यार्थीलाई अध्ययनको लागि सहयोग पुर्याउने उदेश्यले ४१ जना विद्यार्थीलाई प्रत्यक लाई आधा दर्जन कपी र एक दर्जन कलम प्रदान गरिएको अध्यक्ष गोबिन्द प्रसाद कोइरालाले बताउनु भयो ।
त्यस्तै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई स्वस्च्छ पानी पिउनको लागि विद्यालयका प्रधानाध्यापक विनिता शर्मा खडकालाई एक थान फिल्टर हस्तानतरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती सिन्धुली जिल्लामा २०५८ सालका स्थापना भएर विभिन्न सामाजिक सेवामा सक्रिय सेवा प्रदान गरिरहेको छ ।