-
भदौ १६, सिन्धुली/नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ कार्यक्रममा सिन्धुलीका १० हजार भन्दा वढी कार्यकर्ता सहभागि भएका छन् ।
विभिन्न रचनात्म कार्यक्रम गरेर ७९ वटै वडामा एकै पटक उद्घाटन गरिएकोक कार्यक्रममा पार्टी कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधरणको उत्साहजक सहभागिता रहेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिनुभयो ।सार्वजननिक स्थल सरसफाई, अन्तरक्रिया, विस्तारित बैठक, सडक मर्मतका लागि जनश्रमदान, रक्तदान कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, वृक्षारोपान कार्यक्रम जस्ता रचनात्म कार्यक्रम गरेर ७९ वटै वडामा जनतासँग माओावदी विशेष रुपान्तरण अभियान सञ्चालन गरिएको हो । अभियानमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला समन्वय समितिका नेताहरुले वडाको नेतृत्व गरेर सबै वडामा कार्यक्रम सञ्चालन गरिएको पार्टी जिल्ला संयोजक बम्जनलो जानकारी दिनुभयो ।
पार्टीले निक्कै महत्वका साथ हेरीएकोक कार्यक्रममा जनता तथा कार्यकर्ताको उत्साहजन सहभागिताले पार्टीमा नयाँ आयाम थपिने जिल्ला संयोजक बम्जनले विश्वास व्यक्त गर्नुभयो । पार्टीका वडा कमिटीले विभिन्न रचनात्म कार्यक्रम गरेर जनताको घर–घरमा जाने योजना सहित उद्घाटन कार्यक्रममा उत्साहजनक सहभागिताले पार्टीमा नयाँ आशा पलाएको जिल्ला संयोजक बम्जनले वताउनुभयो ।
दुधौली नगरपालिकामा केन्द्रिय अनुशासन आयोग सदस्य मिना शर्मा,प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक पानिराज बम्जन,प्रदेश कमिटी सदस्यहरु दिनेश अधिकारी,ज्ञान बहादुर राईले अभियानको जिम्मेवारी पाउनु भएको सचिवालय सदस्य तथा जिल्ला संयोजक पानिराज बम्जनले जानकारी दिनुभयो ।
तिनपाटन गाउँपालिकामा प्रदेश कमिटी सदस्य मातृका भट्टराई,धनबहादुर पुलामी,दिर्बुसिंह मोत्तानको नेतृत्वमा तयारी बैठक बसिएको जनाइएको छ । फिक्कल गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु विक्रम सुनुवार(विष्णु), केशव लुहार(भिषण) ले जिम्मेवारी पाउनु भएको छ ।
गोलन्जोर गाउँपालिकामा केन्द्रि कमिटी सदस्य गंगा बहादुर तामाङ, प्रदेश कमिटी सदस्यहरु ज्वाला प्रसाद न्यौपाने, केपी पोख्रेलको नेतृत्वमा तयारी बैठक बसिएको छ । सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रको केन्द्रिय कमिटी सदस्य युवराज चौलागाई, प्रदेश कमिटी सदस्य घनश्याम बस्नेत, दिपा बोहोरा दाहालले नेतृत्व गर्नुभएको छ ।
News Desk 0 response शनिबार, भदौ १६, २०८०
मरिण गाउँपालिकामा पालिका कमिटी अध्यक्ष काजिमान थिङको अध्यक्षतामा केन्द्रिय कमिटी अध्यक्ष तथा बागमती प्रदेश सदस्य उर्मिला लामा, बागमती प्रदेश कमिटी सचिव प्रकाश श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु प्रख्यात मोक्तान र यमकुमार देवकोटाको नेतृत्वमा अभियानको लागि तयारी बैठक बसिएको हो ।
घ्याङलेख गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु शंकरमान घलान,इन्दिरा काफ्ले,कार्साङलामा,बाबुराम राईको नेतृत्वमा वैठक बसिएको छ । हरिहरपुरगढी गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु बज्रध्वज वाइवा,विनोद विक,संगिता माझिले नेतृत्व पाउनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
