रक्षाबन्धन एवम् जनै पूर्णिमा भोलि मनाइदै, सिन्धुलीमा चहल पहल बढ्यो
भदौ १३,सिन्धुली/प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा भोलि (बिहिबार) मनाइदैछ । भित्रि मधेसमा पर्ने सिन्धुली जिल्लामा पनि रक्षाबन्धन एवम् जनै पूर्णिमा धुमधाम्ले मनाउने गरेका छन् ।
रक्षाबन्धनका अवसरमा बजारमा विशेष चहल पहल बढेको छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छन् । आज दिनैभरी सिन्धुलीमाढी बजारमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै बाँधिदिने राखीको निकै व्यापार भइरहेको थियो । बसपार्क,स्टलबजार,१ नम्बर बजार,२ नम्बर बजार,धुुरा,ढुङ्ग्रेबास जस्ता मुख्य क्षेत्रमा राखीको उल्यख्य व्यापार भएको छ ।
राखी किन्नेको जताततै दिदिबहिनीहरुको घुँइचो लागेको थियो । ३० रुपैयाँ देखि ६ सय सम्म मुल्य पर्ने राखी आज दिनभरमा ११ हजार भन्दा बढीको विक्रि गरिएको राखी बेच्न बसेका व्यापारी मोहन गुप्ता बताउँछन् ।
भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् ।