१ करोडको अक्षय कोष स्थापनाको लागि सिन्धुली समाज अमेरिका आर्थिक सहयोग जुटाउँदै

भदौ १०, सिन्धुली/सिन्धुली जिल्लामा निःशुल्क ब्लड बैक स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले सहयोग गर्ने भएको छ । सिन्धुली समाज अमेरिका रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको अभियानमा आर्थिक सहयोगका लागि जुटेको छ ।
आज भर्चुअल माध्यम मार्फत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर सिन्धुली समाज अमेरिका संस्थाका पदाधिकारी तथा सदस्य र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापती असोक श्रेष्ठ, कार्यक्रम प्रमुख पवन पाख्रिन लगातको सहभागितामा अक्षय कोष स्थापनको लागि आर्थिक सहयोगमा जुटेको जानकारी गराएको हो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोक श्रेष्ठले निःशुल्क ब्लड बैंक लागि १ करोड रुपैयाँको अक्षय कोष स्थापनाका उद्देश्य प्रष्ट पार्नुभएको थियो । अक्षय कोषबाट आएको ब्याजले बिरामीलाई निःशुल्क सेवा प्रदान गरिने उहाँले बताउनु भयो ।
सिन्धुलीका स्थानीय रगत अभावका कारण ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य गर्ने उद्देश्यले ब्लड बैंक स्थापनाको लागि महाअभियान सन्चालन गरिएको सभापती श्रेष्ठको भनाई छ । सिन्धुलीमा जन्मीएर कर्मथलो अमेरिका वनाउनु भएका व्यक्तिहरुले सिन्धुली समाज अमेरिका संस्था स्थापना गरेर सामाजिक सेवा गरिरहनुभएको छ ।

सँस्थाका अध्यक्ष बन्दना कोइराला सिन्धुलीको दुम्जामा जन्मिएर हाल २५ बर्ष देखि अमेरिकामा बस्दै आउनु भएको छ । उहाँले भन्नुभयो “जुन ठाउमाँ हाम्रो साल नाल गाडिएको छ त्यहि ठाउँलाई सहयोग गर्न पाउँदा खुसी छु ।”
१ करोडकोल अक्षय कोष स्थापनाको लागि सँस्थामा भएका पदाधिकारी तथा सदस्यसँग संकलन गरेर ५ लाख जम्मा भइसकेको सँस्थाका उपाध्यक्ष छेमाङदोर्जे लामाले बताउनु भयो । संकलन भएको रकम सेप्टेम्बरको पहिलो हप्तासम्म पठाइने सँस्थाका माहासचिव अर्जुन काफ्लेले जानकारी दिनुभयो ।
रेडक्रस सँग सहकार्य गरेर सिन्धुलीमा आपद,विपदमा साथ र सहयोग गरिने सिन्धुली समाज अमेरिकाका कोषाध्यक्ष तथा मिडिया कोअडिनेटर प्रकाश आचार्यले बताउनु भयो ।
भर्चुअल मार्फत भएको अन्र्तक्रिया कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । १ करोड रुपैयाँको अक्षय कोष स्थापनाको लागि हाल सम्म ३० लाख रुपैयाँ संकलन भइसकेको छ ।