माया गाेलेकाे शव बागमती नदी किनारामा फेला

भदौ १०, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी ६ राँगेचुरीकी माया गोले बेपत्ता भएको तीन दिन पछि रौतहट जिल्ला गढीमाई नगरपालिका वडा नं. १ बागमती नदीको किनारामा मृत्य अबस्थामा भटिएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ राँगेचुरीकी ५७ बर्षीय माया गोले र उनको छोरा २८ बर्षीय राजकुमार गोले विहिवारदेखि व्यपत्ता थिए ।

छोराको शव हिजो क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको थियो । आफन्त र प्रहरीले खोज्ने क्रममा राजकुमारको हिजो क्यानखोला र खड्कुले खालाको दोभानमा र आज माया गोलेको रौतहट गढीमाई नगरपालिका १ बागमती नदिको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक नवराज शिलवालले जानकारी दिनुभयो ।

छोराको शवको पोसमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको जनाइएको छ भने आमाकाे शव रौतहटमा नै पोसमार्टम गरी आफन्तलाइ जिम्मा लगाउने तयारी भइ रहेकाे प्रहरी उपरिक्षक शिलवालले जानकारी दिनुभयाे । रौतहटको गढीमाई नगरपालिका वडा नं. १ बागमती नदीको किनारामा हिजो वेवारीसे लास फेला परेको थियो । आज परिवारले सनाखत गरेपछि माया गोलेकाे शव भएकाे पुष्टी भएकाे प्रहरी उपरिक्षक शिलवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *