१२ को परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने ५ जना छात्रालाई भगवती माविद्धारा नगद सहित सम्मान

भदौ १,सिन्धुली/कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने भगवती अङ्ग्रेजी मावि माढीबजारका ५ जना विद्यार्थीहरुलाई बिद्यालयले नगद सहित सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने विद्यालयका ५ जना छात्रालाई आज विद्यालयले जनही २५ हजार नगद सहित सम्मान गरीएको हो ।
३ दशमलब ७५ जिपिए ल्याउने अञ्जली पण्डित, निश्चला खड्काले र अप्सरा श्रेष्ठ, ३ दशमलब ६४ जिपिए ल्याउने सन्ध्या श्रेष्ठ र ३ दशमलब ६२ जिपिए ल्याउने निर्जला कार्कीलाई बिद्यालयले सम्मान गरिएको विद्यालयका प्रिन्सीपल कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
कक्षा १२ को परिक्षामा ए ग्रेड ल्याउने विद्यार्थीहरुलाई समेत खादा ओढाएर सम्मान गरीएको बिद्यालयले जनाएको छ । उप्रेतीले भन्नुभयो “भगवति मावि बाट कक्षा १२ को परीक्षामा सहभागि २८ जना विद्यार्थीहरु सत प्रतिशत उत्तिर्ण भएका छन् । उनीहरु मध्य ५ जनाले ए प्लस, १२ जनाले ए र ११ जनाले वि प्लस ग्रेड ल्याएका थिए ” ।

यसैबिच सिन्धुलीको फिक्कल गाउँपालिकाले कक्षा १२ को परिक्षामा पालिका भित्रमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना र उत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्र तथा छात्रालाई सम्मान गरेको छ । कक्षा १२ को परिक्षामा गाउँपाकिलकाको सामुदायिक विद्यालयमा अध्ययन गरि पालिका भरिमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने र उत्कृष्ट जिपिए एक÷ एक जना छात्र तथा छात्रालाई सम्मान गरेको हो ।
परिक्षामा ३.२८ जिपिए प्राप्त गर्ने सुनकोशी मा.वि खाङसाङकी छात्रा पवित्रा कटुवाल र ३.१८ जिपिए प्राप्त गर्ने मा.वि महादेवडाँडाका छात्र छत्र बहादुर सुनुवारलाई नगद १० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ । बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरिएको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *