सिन्धुलीको विभिन्न ४ स्थानमा भएको दुर्घटनामा १० जना घाईते

साउन ३०, सिन्धुली/सिन्धुलीको विभिन्न ४ स्थानमा भएको सवारी साधन दुर्घटनमा १० जना घाईते भएका छन् । वीपि राजमार्गको मुल्कोट नजिक, कमलामाई न.पा. ४ हिरापानीमा, मदनभण्डारी राजमार्गको खट्टार नजिक र मध्यपहाडी लोकमार्गको खाङ्साङमा सवारी साधन दुर्घटना भएको हो ।
आज सुनकोशी गा.पा. ५ मुल्कोट नमजक वीपि राजमार्गमा बदिर्बासबाट काठमाण्डौतर्फ जाँदै गरेको प्रदेश १–०२–००१–ख ८८०० नंम्बरको ट्रकको पछाडि सोही दिशाबाट जाँदै गरेको बा २ झ ३१०७ नंम्बरको बर्दिबास नगरपालिकाको एम्बुलेन्सले ठक्कर दिई दुर्घटना हाँदा एम्बुलेन्समा सवार चालक सहित तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भई रहेको छ । एम्बुलेन्स घटना स्थालमा नै रहेको र ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिनु भयो ।
मदन भण्डारी राजमार्गको कमलामाई नगरपालिका ४ खट्टारमा भएको अटो दुर्घटनमा परि ४ जना घाईते भएका छन् । सिन्धुलीमाढीबाट मरिण तर्फ जाँदै गरेको प्र. २–०२–००१ ह ०९६८ नम्बरको अटो अनियन्त्रित भई दर्घटना हुँदा ४ जना घाईते भएको डिएसपी दाहालले जानकारी दिनुभयो । घाईतेको सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अटो प्रहरीको नियन्त्रयामा रहेको छ ।
त्यस्तै हिजो साँझ कमलामाई नगरपालिका ४ हिरापानी वीपि राजमार्गमा चियाबारीबाट सिन्धुली बजार तर्फ आउँदै गरेको ज १२ प ७६३६ नंम्बरको मोटरसाईकल आफौ अनियन्त्रित भई सडकको बाँया साईडको नालिमा खसि दुघगटना हाँदा मोटरसाईकल चालक घाईते भएको डिएसपी दाहालले जानकारी दिनुभयो । घाईतेको सिन्धुली अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात विएवी अस्पताल ललितपुर पठाईएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
त्यस्तै हिजो फिक्कल गा.पा. ४ खाङसाङ बजार स्थित मध्यपाहाडी लोकमार्गमा ओखलढुङ्गा तर्फ जाँदै गरेको विएवी ९७९३ नंम्बरको टोएटा पिकप गाडी र विपरित दिशाबाट आएको बा.प्र.०२ – ००१ ब ६०२४ नंम्बरको सुनकोशी गाउँपालिका कार्यालय ओखलढुंगाको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोसाईकल चालक सहित दुई जना घाईत भएको डिएसपी दाहालले जानकारी दिनुभयो । घाईतेहरुको मिसन अस्पताल ओखलढुङ्गामा उपचारई भईरहेको डिएसपी दाहालले जानकारी दिनुभयो ।