सुन तस्करीको अनुसन्धान सिआईवीबाट नै हुन्छ : सांसद दाहाल
साउन २७, सिन्धुली/प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन)ले नेपालमा भएको सुन तस्करको अनुसन्धान सिआईवी मार्फत नै हुने वताउनुभयो ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीद्वारा आयोजित पत्रकार भेटभाटमा सांसद दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च स्तरीय संसदीय छानविन समिति गठनको माग गरेर मुद्धालाई ढिस्मिस बनाउन खोजेकोले सरकारले सिआईवीलाई निस्पक्ष छानविनको लागि निर्देशन दिएको बताउनु भएको हो ।
सांसद दाहालले उच्च स्तरीय छानविन समिति गठन गर्दा राजनीतिक संलग्नता हुने र लेनदेनमा अड्किने भएकोले प्रतिवेदन समेत ल्याउन नसक्ने संसदीय छानविन समिति गठन गरेर यति ठूलो सुन तस्करी घटनालाई छानविन गर्न नसक्ने वताउनु हुँदै नेपालमा रहेको संबैधानिक निकायलाई नै निस्पक्ष छानविन गर्न दिनु पर्ने वताउनुभयो ।
अहिले विदेशी नागरिक पक्रियर अनुसन्धान गरिरहेकोले यो अन्तरदेशीय संगठित अपराधमा अनुसन्धान भई रहेकोले यो सिआईवीले मात्र गर्न सक्ने बताउनुहुँदै नेपालमा रहेको संबैधानिक निकालयलाई कुनै प्रभाव र दवाव विना स्वतन्त्रतापुर्वक काम गर्नु पर्ने वताउनुभयो ।
सांसद दाहालले “सुन तस्करिको अभियोगमा विदेशी नागरिक सहित गिरफ्तारिमा परि सकेपछि यो अन्तरदेशीय संगठित अपराध अन्तरगत अनुसन्धान गर्नु पर्ने भयो, अन्तरदेशीय संयन्त्र सिआईवीसँग छ र यसको दक्षता, क्षमता पनि सिआईवीसँग छ, यसर्थ सिआईवीलाई अनुसन्दान गर्न र सुन तस्करको जगरा सम्म पुगेर अनुसन्धान गर्न दिनुपर्छ” भन्नुभयो ।
“सरकार साझेदार दलले दिएको म्याण्डेट ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको छ । नेपालमा रहेका सम्पूर्ण संवैधानिक निकायलाई ऐन र कानुनको मातहतमा रहेर कुनै प्रभाव र दवावमा नपारि स्वतन्त्रता पूर्वक काम सरकारले निर्देशन दिनु भएको छ ।” सांसद दाहाले भन्नुभयो ।
पत्रकारको एक प्रश्नमा सांसद दाहालले सरकार ढल्छ वा ढल्दैन भन्दा पनि संवैधानिक अंगहरुलाई काम गर्न अधिकारी दिएको र अहिले सम्म विभिन्न बहानामा तामेलीमा रहेका फाईलहरुको अनुसन्धान गर्न सरकारले संवैधानि निकायहरुलाई दिर्नेशन दिएकोले अब कुनै पनि बहानामा फाइलहरु माथि अनुसन्धान नरोकिने बताउनुभयो । “सरकार ढल्छ भनेर सरकार टिकाउनका लागि प्रधानमन्त्री पुष्पकमुल दाहाल –प्रचण्ड)ले अनुचित ढंगले कहि पनि संझौता गर्दैन” भन्नुभयो ।