कमला नदीले दुधौलीको ३० विघाहा उर्वराभूमी कटान, प्रदेश सांसद भट्टराईद्धारा निरीक्षण

साउन २५,सिन्धुली/कमला नदीले दुधौलीको ३० विघाहा जमिन कटान गरेको छ । दुधौली नगरपालिका वडा नम्बर ३ कालापानीमा किसानले धानबाली लगाएको करिब ३० विघाहा जमिन कटान गरेको हो ।
सोमबार बाट लगातार परेको अविरल बर्षाको कारण कमला नदीमा आएको बाढीले किसानको जमिन कटान गरेको बागमती प्रदेश सांसद मातृका भट्टराईले जानकारी दिनुभयो । प्रदेश सांसद भट्टराईले नदीले किसानको उर्वराभूमिमा पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको छ ।
सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश (१) बाट निर्वाचित प्रदेश सांसद भट्टराईले बर्षेनी कमला नदीले उर्बराभूमि कटान गरिरहने भएकाले दिर्घकालिन योजनाको साथ नदी नियन्त्रणको लागि पहल गरिरहेको बताउनु भयो ।यसभन्दा अघि पनि बागमती प्रदेसबाट बजेट बिनियोजन भई कमला नदी नियन्त्रणको लागि कमलाखोँचको विभिन्न स्थानमा ड्याम निर्माण भएको उहाँले बताउनु भयो ।
कमला नदीले प्रत्येक बर्ष धार परिवर्तन गरेर बग्ने गरेको छ । अहिले पनि नदी नियन्त्रणको लागि लगाइएको तार,जाली भत्काएर कमला नदीले धार नै परिवर्तन गरी किसानको उर्बराभूमि बाट बग्न सुरु गरेको किसानहरुको गुनासो छ । कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले तटबन्धका कार्यक्रम बर्षनी ल्याएपनि नदी जमिन कटान गर्न छोड्दैन ।
सोमबार बेलुका बाट परेको अबिरल बर्षाका कारण कमला नदीको बाहाब बढेकाले कालापानीमा नदी नियन्त्रणको लागि लगाइएको ड्याम फुट्ने सक्ने धरापमा रहेको छ । ड्याम फुटेर खेतमा पस्दा १ सय भन्दा बढी जमिन कटान हुने भन्दै यतिबेला कमलाखोँचका किसानमा चिन्ता भएको छ । किसानले सो ड्याम व्यवस्थापनको व्यवस्थापनको लागि माग गरेका छन् ।
असारमा लगाएको धानबाली सहित जमिननै कटान गरेपछि किसान चिन्तित भएका छन् । बर्षेनी नदीले उर्बरा जमिन कटान गर्ने भएका कमलाखोँच क्षेत्रका किसान आजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *