सिन्धुलीमा अविरल बर्षाको कारण पहिरो खसेर मझिनी दमारमा एक घरमा क्षती

साउन २३,सिन्धुली/सिन्धुलीमा अविरल बर्षाका कारण पहिरो खसेर एक घर पुरेको छ । कमलामाई नगरपालिका वडा नम्बर १ मझिनी दमारमा हिजो बाट परेको अविरल बर्षाले कारण माथिबाट पहिरो खसेर स्थानीय २८ बर्षिय उत्तम नेपालीको घर पुरेको हो ।
आज बिहान ७ बजेको समयमा घरमाथको पहिरो खसेर घर पुरेको कमलामाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नरेश गोलले जानकारी दिनुभयो । श्रीमान उत्तम नेपाली बैदेशिक रोजगारीको लागि विदेशमा छन् ।
घरमा श्रीमती सम्झना नेपाली र सासु आमा सेतिमाया दमाई र भााई रबि नेपाली भएको समयमा पहिरो खस्दा भागेर बाँच्न सफल भएकोले मावनीय क्षति नभएको अध्यक्ष गोलले बताउनु भयो । भाग्ने क्रममा सासु आमा ५८ बर्षिय सेतिमाया दमाई भने सामान्य घाइते भएका छन्
माथि बाट पहिरो खसेर घरमा पुर्ण रुपमा क्षति भएकाले उमेशको श्रीमती र सासुआमा आफन्तकोमा बसिरहेका छन् ।