-
साउन २०, सिन्धुली/कृषकहरुलाई गाईभैंसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ ।
कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो ।
ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा गाई भैंसी पालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।
राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. का अध्यक्ष यम कुमार देवकोटाको अध्यक्षता संचालन भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक पिताम्बर संजेलले सहजीकरण गर्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा गाई भैंसी पालन गर्दा अपनाउनु पर्ने विशेष कुराहरु संगै आहारा व्यवस्थापन र कृषकले पशुपालन गर्दा अपनाउनु पर्ने साधारण देखि प्राविधिक कुरावारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
सहजकर्ता संजेलले कृषकले गाईभैंसी पालन गर्दा गाेठ देखि ओठसम्मकाे सरसफाइमा ध्यान दिदै व्यवसायलाई संचालन गर्नुपर्ने बताउनु भयो । संजेलले पशुलाई उचित प्रकारकाे मापदण्ड अनुसारकाे दाना प्रयाेग गरि कृषकले दूध उत्पादनको वृद्धि संगै पशुकाे स्वास्थ्यकाे समेत ख्याल गर्न कृषकलाई सुझाव दिनुभएको छ।
दानामा धेरै प्रकारकाे मिसावट संगै उचित प्रकारकाे सन्तुष्टि नपाएको कृषकको गुनासोलाई सहजकर्ता संजेलले बजारमा धेरै प्रकारका उद्योगले फरक फरक पाैष्टिक तत्व भएकाे संगै दानामा युरियाकाे मात्रा अत्याधिक भएकाे दाना बिक्री गरिरहेकाेले कृषकले सरकारले बनाएकाे मापदण्ड अनुसारकाे दाना खरिद गरि प्रयाेग गर्न सुझाव दिनुभएको छ।
News Desk 0 response शनिबार, साउन २०, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२