भ्रष्टाचारसँग नाम जोडिपछि आफू माथी छानविनको लागि सरकारलाई आग्रह गर्नुपर्छ : सांसद दाहाल
साउन १९, सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले भ्रष्टाचारसँग जोडिएर मिडियामा कुरा उठिसकेपछि निर्दोस छुइन भन्ने हैन कि सरकारलाई आफू माथी छानविनको लागि आग्रह गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) को बैठकको तेस्रो दिन सन्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले माओवादि केन्द्रको नेताहरुको नाम जोडिएको कुरालाई सम्बोधन गर्नुहुँदै उहाँले आफूसँग जोडिएर भ्रष्टाचारको कुरा आएपछि आफू निर्दाेस छु भन्ने भन्दा पनि सरकारलाई आफु माथि छानविन गर्न आग्रह गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो “हाम्रो पार्टिका नेताहरुले लिखित रुपमा विज्ञप्ती जारी गरेर मेरा कमजोरी छन् कि छ्रैनन् भनेर अनुसन्धानको लागि सरकारसँग अनुरोध गर्नुपर्छ । आफू माथि प्रश्न उठेपछि सम्बन्धित निकायले कि सफाई दिनुपर्यो कि त दण्डीत गर्नुप¥यो भन्नु पर्छ” ।
साथै प्रतिनिधिसभा सदस्य दाहालले माओवादी पार्टि पुरानो क्रान्तिकारी, उर्जा र उत्साहा भरिएको पार्टि निर्माण गर्ने विषयमानै केन्द्रित रहेर बैठकमा छलफल भएको बताउनुभयो ।