सिन्धुलीमा आँखा पाक्ने विरामी ह्वात्तै बढे, दिनहुँ १ सय ५० भन्दा बढी बिरामी आउन थाले

साउन १८, सिन्धुली/सिन्धुलीमा आँखाका विरामी ह्वात्तै बढेका छन् । एक साता देखि सिन्धुली आँखा अस्पतालमा दिनहुँ १ सय ५० जना भन्दा बढि आँखा पाकेको रोग सम्बन्धी बिरामी आउन थालेका हुन् ।

कमलामाई नगरपालिका ७ माझिटारकी ६ बर्षीय उमा गोले आखाँ रातो हुने, आसु झर्ने, आँखा सुन्नीने पोल्ने समस्या लिएर आँखा अस्पातल आएकी थिइन् । हिजो विद्यालय जाँदा साथीहरुबाट उनलाई सरेको बालिकाको अभिभावक बताउनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा सन्चालित सिन्धुली आँखा अस्पतालका डाक्टर धन बहादुर मगरका अनुसार १ सातामा १ हजार बिरामी आँखा पाक्ने समस्या उपचारको लागि आएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका भित्रका सामुदायिक तथा संंस्थागत विद्यालयका विद्यार्थीहरुलाई आँखा पाक्ने रोग एक्कासी देखिएपछि २ बर्ष देखिका बालबालिकामा देखिएको आँखा पाक्ने रोग हाल बालबालिका मार्फत अभिभावकमा पनि सरेको डाक्टर मगरले बताउनु भयो ।

उहाँले भन्नुभयो “आखाँ पाक्ने रोग मौसम परिवर्तनको कारण बर्खामा बर्षेनी देखिने रोग हो । यो एक किसिमको संक्रमणबाट लाग्ने रोग हो । भाइरस वा ब्याक्टेरियाजस्ता जीवाणुको संक्रमणबाट यो रोग लाग्छ । एउटा क्षेत्र विशेषमा एकै समयमा धेरैजनालाई हुने रोगलाई ‘इपिडेमिक’ भनिन्छ । यो भाइरसको संक्रमणबाट हुन्छ । पहिलो, व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा आँखा पाक्छ । दोस्रो, मधुमेहको समस्या हुँदा, बालबालिकामा कुपोषण छ भने, क्यान्सरको समस्या छ भने वा मिर्गौलाको समस्या छ भने ब्याक्टेरिया संक्रमणबाट आँखा पाक्ने समस्या बढि हुन्छ । यो प्रायः भाइरसका कारण नै हुने हो ।”

सामान्य आँखा पाकेर केहि दिनमै ठिक भएदेखि आत्तिहाल्नु पर्ने हुन्न तर लामो समय सम्म आँखा पाकिरहँदा चिकित्सकसँग सल्लाहा लिएर मात्रै औषधीको प्रयोग गर्न डाक्टर मगरले आग्रह गर्नुभएको छ ।

बर्षेनि देखिने समस्या भएपनि यो बर्ष अघिल्लो बर्ष भन्दा दोब्बर बिरामी बढेको उहाँले बताउनु भयो । सकेसम्म आखाँ पाकेको बिरामीलाई बाहीर ननिस्कन घरमै आराम गर्न डाक्टर धन बहादुर मगरले सुझाव दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *