मरिणका युवाद्वारा शोकमा परेको परिवारलाई घरमै पुगेर खाद्यान्न सहयोग

साउन १७,सिन्धुली/ मरिणका युवाहरुले शोकमा परेको परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ ठुलिटारका तुल बहादुर विश्वकर्माको छोरा राजकुमार विश्वकर्माको गत साउन १३ गते असामहीक निधन भएको थियो । आर्थिक स्थित कमजोर भएको उक्त परिवारलाई मरिण गाउँपालिकाका युवाहरुले आर्थिक संकलन गरी खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
मरिण गाउँपालिकाका युवा अशोक बोम्जनको नेतृत्वमा आर्थिक संकलन भएको थियो । स्थानीय युवा असोक बोम्जनको तर्फबाट ४ हजार ५ सय,अजय बोम्जन ४ हजार,अमिर पाख्रिन २ हजार,दुर्गा श्रेष्ठ १ हजार ५ सय, धन बहादुर शाह शंकर १ हजार ५० रुपैयाँ, हस्त बहादुर रसाइली १ हजार,निल कुमार रसाइली ५ सय ५० रुपैयाँ,अर्जुन रिजाल ५ सय,कमल लामा १ हजार,रोसन बुढाथोकी ५ सय,जित बहादुर माझि ५ सय,आदर्श बराइली ५ सय ५० रुपैयाँ र इन्द्र रिजालको तर्फबाछ ५ सय आर्थिक संकलन गरिएको अमिर पाख्रिनले जानकारी दिनुभयो ।
युवाहरुले संकलन गरेको रकम बाट बोरा चामल,दाल,तेल,साबुन,चिउरा लगायतका सामाग्री घरमै पुगेर सहयोग गरेका हुन् ।